अब आवश्यक परे जनपरिचालन गर्छौं – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १० २०७८
9.9K
SHARES

१० असार काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शासकीय अहंकारका कारण मुलुक संविधान संकटमा परेको निष्कर्ष निकालेका छन्।

विपक्षी गठबन्धनले आज (बिहीबार) आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा सभापति देउवाले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायत राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने रवैयाका कारण संविधान संकटमा परेको बताएका छन्।

‘प्रधानमन्त्रीको अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको छ,’ उनले भने,‘अध्यादेशमार्फत शासन चलाएर न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रमाथि नियन्त्रण गर्ने प्रवृत्ति उहाँमा देखिएको छ। यसलाई परास्त गर्न संघर्षमा उत्रिनुपर्ने बाध्यता आएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पन्न गरेको चुनौतीको सामना गर्न आफूहरू संघर्षमा रहेको बताउँदै उनले आवश्यक परे जनपरिचालन गर्नसमेत तयार रहेको जिकिर गरे।

कोरोना महामारी र प्राकृतिक विपद्मासमेत जनतालाई राहतदिन प्रधानमन्त्री चुकेको उनको भनाइ थियो।