आज २,०१६ जना कोरेना संक्रमित थपिए, ३० जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १२ २०७८
6.7K
SHARES

१२ असार काठमाडौं । नेपालमा थप दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ८१० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार १६ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार ७०४ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १७४ र चार हजार ८०६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार ९१४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।