फेरि यस्तो एजेण्डा सहित एमाले दोस्रो तहका नेताहरू समिट होटेलमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १७ २०७८
11.6K
SHARES

१७ असार काठमाडौं । आज माधव नेपाल पक्षलाई शुक्रबारकाे बैठकमा सहभागी गराउन नेकपा एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । बिहीबार साँझ साढे ६ बजेदेखि ललितपुस्थित समिट होटेलमा नेताहरूबीच छलफल सुरु भएकाे छ ।

तर, आज बसेकाे खनाले-नेपाल समूहकाे स्थायी कमिटी बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरिसकेकाे छ । छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् । नेता माधव नेपाल पक्षबाट घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे सहभागी रहेको स्रोतले जनाएको छ ।

एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई  भङ्ग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेकाे छ । रूपान्तरित कमिटीको बैठक शुक्रबार बोलाइएको छ ।