जिल्ला/जिल्लामा खोप अभियान नै चलाएर कोरोना रोकथाम गर्छौ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
4.7K
SHARES

१९ असार काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने बताएका छन्। जिल्ला जिल्लामा खोप अभियान नै चलाएर कोरोना रोकथाममा लाग्ने उनले बताएका हुन्।

शनिबार त्रिशुली- ३ बीको प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चीनबाट निरन्तर खोप ल्याइने र क्रमशः सबै नागरिकलाई दिइने बताएका हुन्। उनले सुरुमा जोखिमयुक्त समूह लाई र त्यसपछि सबै नागरिकलाई खोप दिने बताए।

‘अब लगातार भ्याक्सिन आउँछ, खोपको क्याम्पेन नै सुरू हुन्छ,’ उनले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौँ, अब अनुकूल स्थितिमा रहेका छौँ।’

उनले एक दुई दिनमै या साता दिनमै खोप लगाउन सम्भव नहुने भएकाले यसको अभियान नै चलाएर अघि बढ्ने बताए।

साथै अब कोरोनाबाट बच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुनेजस्ता उपायहरु खोपमार्फत प्रतिस्थापित गराउने समेत उनले बताए।