यस्तो निष्कर्ष निकाल्दै नेपाल समुहको स्थायी कमिटि बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
6.6K
SHARES

६ साउन काठमाडौ ।आज एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताएको छ। बुधबार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकबारे जानकारी दिँदै नेता रघुजी पन्तले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताए।

उनका अनुसार बैठकले नेता नेपालिवरुद्ध नाराबाजी बन्द गर्न प्रस्ताव समेत पारित गरेको छ। एकता वार्ता चलिरहेको र दश बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसद्हरुलाई आतंकित पार्ने र उनीहरु विरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ’, नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ।

नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोहीअनुसार अध्यक्ष ओलीले पठाएको पत्र सांसदहरूले बुधबार प्राप्त गरेका छ्न्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए।