प्रधानमन्त्री भेट्न विप्लव बालुवाटारमा , ओलीसॅंग सम्झौता, कार्यन्वयन अरूसॅंग ?


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
5.4K
SHARES

६ साउन काठमाडौं ।अहिले  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पुगेका छन् । पछिल्लो समय राजनीतिक भेटघाट बढाएका विप्लव आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री बहाल रहँदा केपी शर्मा ओलीसँग मात्र भेट गरेका विप्लव त्यस बेला अरु राजनीतिक दलका नेतासँगको भेटघाटमा देखिँदैनथे । ओली सरकार ढलेलगत्तै नेता माधवकुमार नेपालसँग भेट गरेका विप्लव त्यसपछि सशस्त्र युद्धताकाका आफ्ना कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न खुमलटार पुगेका थिए ।

त्यसपछि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका विप्लवले सँगै सशस्त्र युद्धमा काम गरेका डा. बाबुराम भट्टराईसँग पनि उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

अर्धभूमिगत राजनीतिमा रहँदा हतियारसहित तथा हतियाररहित रुपमा समातिएका विप्लवका धेरै नेता–कार्यकर्ता अहिले पनि जेलमा छन् ।

अरु दलसँग कुनै सरोकार नराखी ओलीसँग आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सर्तमा सम्झौता गरेर खुला राजनीतिमा आएका उनी अहिले नेता–कार्यकर्ता छुटाउन सबै दलका नेतासँग भेटघाट गरिरहेका छन् ।

उनले आफ्ना गतिविधि राजनीतिक भनेर स्वीकार गरिसकेपछि नेता–कार्यकता थुनेर हैरानी दिएको गुनासो गरिरहेका छन् ।