पार्टी फुटाउन अध्यादेश ल्याए आगो बल्छ – नेता बस्नेत


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
7.5K
SHARES

६ साउन काठमाडौ । आज एमालेका केन्द्रीय सदस्य एवं  सांसद महेश बस्नेतले एमालेलाई फुटाउने अध्यादेश ल्याए त्यसको विरुद्ध मुलुकभर आगो बल्ने चेतावनी दिएका छन।

एक आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले उक्त घोषणा गरेका छन ।

एमालेलाई फुटाएर आफ्नो राजनीतिक भविष्य देख्ने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरुका कारण मुलुक गंभिर मोडमा जाने देखेको भन्दै उनको आक्रोस थियो ।

जनताबाट अनुमोदिन पार्टी एमालेलाई फुटाई जनताबाट तिरस्कृत पार्टीले मुलुकको नेतृत्व गर्ने षड्यन्त्रपूर्वक कार्य भएको उल्लेख गर्दै उनले षड्यन्त्रका तानाबाना फालिएको अब कहिँ कतै रहेका भए पनि क्रमशः फालिदै जाने बताए ।

त्यस्तै उनले विदेशी षड्यन्त्रकारी तत्वहरुको इसारामा नेपालको राजनीतिलाई ध्वस्त बनाई विदेशी रणभूमिको रुपमा अगाडी बठाउने गरी कांग्रेस, माओवादीलगायतका सरकारवादी दलहरु लागि परिरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको सुनाए ।