यी सांसदलाई आममाफी दिने ओलीको घोषणा
७ साउन काठमाडौं ।आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएर गएका पार्टीभित्रकै नेताहरुलाई आममाफी दिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
बाटो बिराएका, भड्किएकाहरुलाई फेरि पनि भन्छु, यस पार्टीको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,” ओलीले भने । उनले पटक पटक ‘एम्नेष्टि’ भन्दै पार्टीमा आउन आग्रह गरेका थिए ।
तर बिहीबार नै भएको अर्को एक कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान सहेर घरभित्र बस्न नसकिने बताएका थिए । पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“एमाले अघि बढ्छ कि बढ्दैन पर्खेर हेरेका छौँ । सुध्रिन्छ रुपान्तरण हुन्छ भने एकता भएर अघि बढ्छ,” नेपालले भने, “अपमान सहेर घरमा कोही बस्दैन । कुकर्म सहेर घरमा बस्नुहुँदैन । म पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति हुँ ।