सबै सांसदलाई मन्त्री चाहिएपछि तनावमा छु – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ९ २०७८
11.5K
SHARES

९ साउन काठमाडौ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन्।

विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादीका सबै सांसदले मन्त्री चाहेको बताए।

‘मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छु म’ अध्यक्ष प्रचण्डले भने, ‘ ४९ जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।’ पछिल्लोसमय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको उनले जनाए।

‘मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ,’ उनले भने, ‘नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमाश भनेर गाली गर्ने प्रवृतिको विकास भएको छ’ उनले भने। मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रुपमा तनावमा परेको उनले बताए।

‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।’  प्रचण्डले नरबहादुर कर्मचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताएका छन ।