यस्तो निष्कर्ष निकाल्दै सत्तारुढ गठबन्धनको बैठक सम्पन्न
९ साउन काठमाडौं। आज सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुबीचको बैठक करिब एक घण्टा चलेको थियो।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत वियमा केन्द्रित भएको बुझिएको छ।