प्रतिगमनको मतियार बन्नेले राजीनामा दिनुस् – नेता रावल


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०७८
9.4K
SHARES

१० साउन काठमाडौं ।आज संसदीय समितिमा नेकपा एमालेका दुई पक्षबीच भनाभन भएको छ । अध्यक्ष केपी शर्मा ओली नजिकका सांसद नारदमुनी राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच चर्काचर्की भएको हो ।

नेता नेपालले आफ्ना धारणा राखिसकेपछि रानाले नेपाललाई व्यङ्ग्य गर्दै केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए भनेका थिए ।

रानाले संसद् विघटन राजनीतिक निर्णय भएको भन्दै ओलीको बचाउ गरेका थिए । उनले नेता नेपालप्रति व्यङ्ग्य गरेपछि सांसद दीपकप्रकाश भट्टले प्रतिगमनको मतियार नबन्न आग्रह गरेका थिए ।

त्यसपछि नेता नेपाल आक्रोशित बनेका थिए । उनले आक्रोश व्यक्त गर्दै भनेका थिए, “प्रतिगमनको मतियार बन्ने ? राजीनामा दिनुस् निस्कनुस् ।