फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ – सासंद चौधरी


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८
3.3K
SHARES

१२ साउन काठमाडौं । आज एमालेकी सांसद गंगा चौधरी (सत्गौवा)ले ‘फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’ भन्दै प्रश्न गरेकी छन् ।

उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा पार्टीका नेता माधवकुमार नेपाललाई लक्षित गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

यही साउन १० गतेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सांसद् नारदमुनी रानालाई ‘प्रतिगमनको मतियार’ भन्दै राजीनामा दिएर जान भनेका थिए ।

सोही विषयमा सांसद् चौधरीले भनिन्, “फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? बराबरी हैसियत भएको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ त सबैको एउटै हैसियत हैन र ?”

संविधानले दिएको मौलिक हकको हनन् भएको छ । वाक् स्वन्त्रतामाथि गम्भीर आघात पुगेको छ,” उनले भनिन् । यस्तो दोहोरिए थारु समुदायलाई स्वीकार नहुने उनको भनाइ थियो ।