म माओवादी केन्द्रकै नेता हुँ , एमालेमा गएको छैन – नेता रायमाझी
१३ साउन काठमाडौं।आज नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको दावी गरेका छन्।
नेता रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन्। बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन्।
उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए।