पार्टीबाट रेशम चौधरीलाई हटाइएको छैन – जसपा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १३ २०७८
3.6K
SHARES

१३ साउन काठमाडौं ।आज  जनता समाजवादी पार्टी (जसपा) नेपालले रेशम चौधरीलाई कार्यकारिणी सदस्यबाट नहटाएकाे जनाएकाे छ । चौधरीले आफू ‘हेडकान्ट’ मा तटस्थ रहेपनि जसपामा नै बस्ने बताएकाले उनलाई कार्यकारिणी सदस्यबाट नहटाइएकाे नेता डम्मर खतिवडाले जानकारी दिए ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चाैधरीलाई कार्यकारिणी सदस्यमा अनुमाेदन गरेकाे छ । रेशम चौधरीलाई लिएर हिजो विभिन्न प्रकारका भ्रमहरू आएका थिए । आजको बैठकमा ती भ्रमहरूको खण्डन गरियो । उहाँले भोट हाल्दा (हेडकाउन्ट) तटस्थ बसेपनि आफू जसपामा नै रहने बताउनुभएकाले उहाँलाई कार्यसमिति सदस्यमा अनुमोदन गरिएकाे छ,” उनले भने ।

आजको बैठकले पार्टीको नियमावली पनि पारित गरेको छ ।उनका अनुसार आजको बैठकमा सरकारमा सहभागी हुनेबारे सैद्धान्तिक छलफल भएको छ । तर, कसलाई सरकारमा पठाउने भन्नेबारे केही छलफल नभएको उनको भनाइ छ ।