राजतन्त्र ल्याउन खोज्नेहरूलाई कुडाकर्कटमा फालिन्छ – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
4K
SHARES

१६ साउन काठमाडौं। आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका हुन्।

रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन नेता नेपालले चेतावनी दिए। नेता नेपालले भने, ‘जनता नै सच्चा हिरो हुन्। उनीहरू नै परिवर्तनका संवाहक हुन्। राजतन्त्रलाई ढालेका छन्।

राजतन्त्र फेरि फर्केर आउने छैन। फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने छन्। देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो। कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन।’