आज कोरोना संक्रमणबाट २३ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन १६ २०७८
2.6K
SHARES
१६ साउन काठमाडौं । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट