दमनको बाटोमा सरकार गयो, अब प्रतिरोध गर्छौ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १७ २०७८
8.6K
SHARES

१७ साउन काठमाडौं ।आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दाबी गरेका छन् । आइतबार । तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले जिल्लाजिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खानासमेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको बताए । उनले यस्ता क्रियाकलापको प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौँ,” उनले “प्रतिवाद गर्छाैँ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि ।”

ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दाबी समेत गरे । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरूले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताए ।