यस कारण नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
10.4K
SHARES

२० साउन काठमाडौं । नेकपा एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेगरी स्थगित भएको हो ।

आजका लागि तय भएको बैठकमा काठमाडौं बाहिरबाट आउनुपर्ने नेताहरू नआइपुगेको भन्दै बैठक बिहीबारका लागि सारिएको हो । यसअघि सोमबार बसेको बैठकले पार्टी एकतामा जोड दिने निर्णय गर्दै आज पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

सो बैठकमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले आफू एकताको पक्षमा रहेकाले त्यसका लागि अन्तिम समयसम्म लागिरहने बताएका थिए ।