पार्टी एकता बारे नेता नेपालले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८
10.1K
SHARES

२२ साउन काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । बिहीबारबाट सुरु भएर आज सकिएको केन्द्रीय कमिटी बैठकमा नेता नेपालले पार्टी अध्यक्ष ओलीले जति नै गाली गरेपनि आफू एकताको पक्षमा रहेको बताएको उनी पक्षीय नेता रघुजी पन्तले जानकारी दिए ।

“हामीले आलोचना गर्दा सयंमित बन्नुपर्‍यो । केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिलेपनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि हाम्रो प्रयत्न जारी छ ।

ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने आशंका धेरै शाथीहरूले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु,” नेता नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने ।