प्रचण्ड मनाङ जाँदै
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन २३ २०७८
3.5K
SHARES
२३ साउन काठमाडौ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मनाङ जाँदैछन् । मनाङमा निर्मित एक जलविद्युतको उद्घाटन गर्न प्रचण्ड आज मनाङ जान लागेका हुन् ।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।
उर्जामन्त्री पम्फा भुसाल लगायत सरकारी निकायका प्रमुखहरु, सचिवहरु समेत त्यसतर्फ जाने कार्यक्रम रहेको बुझिएको छ । उनीहरु हेलिकोप्टरमार्फत जान लागेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट