नेपाललाई कुरेर पार्टीका नियमित गतिविधि रोकिदैन – ओली पक्ष


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
5.2K
SHARES

२३ साउन काठमाडौ । एमाले भित्र विवाद मिलाउन भन्दै माधव पक्षले सदस्यता नवीकरण, स्थानीय समितिका अधिवेशन जस्ता काम रोक्न ध्यानाकर्षण गराएको छ ।

तर ओली पक्षले भने उक्त कुरालाई अस्वीकार गर्ने संकेत दिएको छ । आज विधानबारे सुझाव लिन भएको छलफलपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले छलफलका नाममा पार्टीको नियमित काम कार्बाही नरोकिने स्पष्ट पारे ।

उनले सत्तापक्ष आक्रामक ढंगले आएको, स्थानीय तहको निर्वाचन नजिकिएको जस्ता कारण देखाउदै पार्टीको काम कार्बाही जारी रहने बताएका छन् ।

पार्टीको गतिविधि रोक्न भएको माग एमालेको हितमा नभएको ज्ञवालीले स्पष्ट पारे ।