बालुवाटारको जग्गा सुटुक्क बिक्री
२३ साउन काठमाडौ । बालुवाटारस्थित ललिता निवास काण्डमा मुछिएपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाउनुभएका एमाले उपमहासचिव विष्णु पौडेलले सबै जग्गा फिर्ता नगरेको पाइएको छ ।
सरकारी जग्गा लिएको आरोप लागेपछि छोरा नवीनको नामको ८ आना जग्गा सरकारलाई नै फिर्ता गरेर चोखिनुभएका पौडेलले ३-३ आनाका दुई कित्ता भने सुटुक्क कारोबार गरेको खुलेको हो ।
उच्च जानकार स्रोतले बताएअनुसार नवीन पौडेलको नाममा रहेको ८ आना जग्गा सरकारलाई नै फिर्ता गरेर मुध्दा मामिलाबाट जोगिएको पौडेल परिवारले ललिता निवासभित्रकै अर्को दुई कित्ता जग्गा भने गोरखाकी नुतन श्रेष्ठलाई बेचेको हो । पौडेलकी श्रीमतीको नाममा रहेको ३ आना र छोरा नवीन पौडेलको नाममा रहेको ३ आना जग्गा श्रेष्ठले किनेकी हुन् ।
गोरखा माइती भएकी नुतन अहिले देश बाहिर छिन् । उनकी बैनी इन्दु सिंहले पौडेल परिवारको नाममा रहेको ६ आना जग्गा किन्दा दिदी फसेको गुनासो गरिन् । उक्त जग्गामा अहिले अढाई तले घरसमेत बनिसकेको छ । करोडौँ हालेर किनेको जग्गा विवादित भएपछि नुतन तनावमा छिन । जनआस्थाबाट