एमालेमा माकुने जस्तो गध्दारलाई कुनै पनि ठाउँ छैन – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २४ २०७८
10.6K
SHARES

२४ साउन काठमाडौ ।पछिल्लो समय मन्त्री हुदा निकै बिवादित काम गरेका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सूर्य चुनाव चिन्ह लिएर चुनाव जित्ने तर संसदमा रुखमा भोट हाल्ने सबै गद्दार भएको बताएकाछन ।

‘अब एकतामा अल्मलिने होइन,एमालेमा माकुने जस्तो गद्दार लागि कुनै ठाउँ छैन । लुम्बिनीमा समेत अर्को गद्दार फेला परेकाले अब टिकट दिँदासमेत विचार गर्न आवश्यक छ ।’

विचार,सिध्दान्त र जनादेशका आधारमा एमालेभित्र सर्वमान्य नेता केपी शर्मा ओली मात्र रहेको श्रेष्ठले दाबी गरेका हुन । उनको भनाइ थियो, ‘एमालेलाई ध्वस्त बनाउनबाट ओलीले नै जोगाउनुभएको हो । जनताको पार्टी एमाले र चुनाव चिन्ह सूर्य हो । प्रचण्डजस्तो दानवलाई मानव बनाउने महामानव ओली नै हुनुहुन्छ । मलाई एमालेको वरिष्ठ नेताभन्दा घिन लाग्न थालेको छ । उनीहरु नै १ सय २१ जनाको सरकारलाई ९३ मा झार्ने अन्तर्घाती हुन् ।’

घाँसमा मिसिएको हरियो सर्प घातक रहेको उदाहरण दिँदै श्रेष्ठले भन्नुभएको छ ‘अब एकतामा अल्मलिने होइन,एमालेमा माकुने जस्तो गध्दारको लागि कुनै ठाउँ छैन । लुम्बिनीमा समेत अर्को गद्दार फेला परेकाले अब टिकट दिँदासमेत विचार गर्न आवश्यक छ ।’

उक्त कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,एमाले केन्द्रीय सदस्य शम्भुराम महर्जनलगायतले बोलेका थिए ।