ओली सरकारका भ्रष्टाचार काण्डको छानबिन गरियोस् – कांग्रेस जिल्ला सभापतिहरू


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०७८
4.5K
SHARES

२५ साउन काठमाडौं । आज नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलाले केपी शर्मा ओली सरकारले गरेका भ्रष्टाचार काण्डको तत्काल छानबिन अघि बढाउन सुझाव दिएको छ । पौडेल पक्षका जिल्ला सभापतिहरूको भेलाले सरकारलाई ओली सरकारले संविधान विपरीत गरेका निर्णय पनि खारेज गर्न माग गरेको छ ।

“ओली सरकारले गरेको भ्रष्टाचारका काण्ड छानबिन अघि बढाउन जिल्ला सभापतिहररूबाट माग भएको छ,” काभ्रे सभापति मधु आचार्यले भने, “संविधान विपरीतका कदम खारेज गर्नुपर्छ । असंवैधानिक नियुक्ति बदर गर्न सरकारले प्रक्रिया अघि बढाउनुपर्छ ।” सभापतिहरूको भेलालले ओली सरकार पहिलेको देउवाको चुनावी सरकारले गरका निर्णय पनि लागु गर्न माग गरेको छ । देउवा सरकारले ओलीलाई सत्ता हस्तान्तरण गर्नु अघि तीन वटा महत्वपूर्ण निर्णय गरेका थियो ।

“वृद्ध भत्ता पाउने उमेर ६५ वर्षमा झार्ने र कर्णालीसहितका प्रदेशमा त्यो उमेर हद ६० वर्षमा ल्याउने निर्णय भएको थियो । त्यस्तै गम्भीर प्रकृतिका रोगीहरूलाई मासिक जीवन निर्वाह भत्ता पाँचहजार दिने निर्णय भएर कार्यान्वयन भएको थियो,” आचार्यले भने, “पछि ओली सरकारले जनजीविकासँग जोडिएका ती निर्णय खारेज गरेका थियो । अब सरकारले ती निर्णय लागु गर्नुपर्छ ।”

उनले वर्तमान सरकारसँग चुुनाव गराउने पनि जिम्मेवारी रहेकाले कम बोल्ने धेरै कार्यान्वयन गर्ने सरकारको रूपमा स्थापित हुनुपर्ने सभापतिको सुझाव रहेको जानकारी दिए ।