स्थायी कमिटि बैठकमा नेता गौतमले यस्तो भनेपछि


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०७८
3.7K
SHARES

२५ साउन काठमाडौ । अहिले सरकार बाहिर रहेको र तिब्र विवादमा फसेको दल नेकपा एमालेको विधान पारित गर्न आज बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले सबै नेताहरूलाई स्तब्ध बनाएका छन । स्थायी समितिको बैठकमा केपी ओलीविरुद्ध कडा रूपमा प्रस्तुत भएका गौतम अपराह्न बसेको केन्द्रीय समिति बैठकमा बहिष्कार
नै गरेकाहुन ।

ओलीलाई यतिसम्म भने वामदेवले

केन्द्रीय समिति बैठकअघि ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमै एमालेको स्थायी समिति बैठक बसेको थियो । त्यस क्रममा बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमले बोल्ने पालो आयो । त्यस क्रममा गौतमले व्यङ्ग्यात्मक प्रस्ताव अघि सारे ।

धारणा राख्ने क्रममा उपाध्यक्ष गौतमको प्रस्तुति केही समयअघि अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित थियो । गौतमले आफ्नो धारणा राख्दै यसबीच पार्टी अध्यक्षले मनपरी गरेका विषयलाई उठाएका थिए ।

विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने कुरा गौतमले उठाए । त्यसमा उनले ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुशासनात्मक कारबाही’ शीर्षकअन्तरगत पनि केही बुँदाहरु थप्नुपर्ने भन्दै व्यंग्य बाण सोझ्याएका थिए ।

‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ यो प्रस्ताव पनि थपौँ गौतमले भनेका थिए ।

गौतमले के सन्दर्भमा यो विषय उठाए भने कम्युनिस्ट पार्टीमा माथि उल्लेख भएका विषयहरू कुनै पनि देशका कुनै पनि कम्युनिस्ट पार्टीका विधानमा उल्लेख हुँदैनन् र आरोप पनि लगाइँदैन ।

‘अहिले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुप–यो’, गौतमले बैठकमा भने, ‘बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन ।’

गौतमले पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारवाही हुने कि नहुने भन्दै थप प्रश्न गरेका थिए । वामदेवले यस्तो धारणा राख्दा स्थायी कमिटी बैठकस्थल सन्नाटा छाएको थियो ।

स्थायी कमिटीमै खटपट परेपछि गौतम केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेर घर तिर लागेका थिए