सरकारलाई अध्यक्ष ओलीले दिए यस्तो चेतावनी


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०७८
3.6K
SHARES

२५ साउन काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना याद आउने सबै योजना भत्काइदिन चेतावनी दिएका छन् ।

“भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक र पूल तथा विमानस्थलहरु,” ओलीको भनाई उद्धृत गर्दै एक सदस्यले भने, “मेरा याद आउनेहरु सबै भत्काइदेऊ ।” उनले एक महिनासम्म पनि सरकार गठन हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीको किचलो छरपस्ट भएको छ । के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?,”

ओलीको प्रश्न थियो, “सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गालीको पुलिन्दा हो । असंवैधानिक र अपवित्र जालीझेलीहरुको गठबन्धन हो ।”