सिंगौरी खेल्न आए सिङ भाँचिन्छ – अध्यक्ष ओली
२६ साउन काठमाडौ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार सुरु भएको छ । माधवकुमार नेपालको अनुपस्थितिमै बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सिंगौरी खेल्न आए सिङ भाँचिने चेतावनी दिए । उनको यो चेतावनी सरकारप्रति लक्षित थियो । ओलीले एमसीसी सम्झौता संशोधनसहित पारित गर्नुपर्ने बताए ।
उनले सरकारको साझा न्यूनतम कार्यक्रम गाली गलौजको पुलिन्दा भएको टिप्पणीसमेत गरे । उनले माधवकुमार नेपालप्रति लक्षित गर्दै प्रचण्डसँग मिलेर पार्टीलाई ध्वस्त बनाएको र शेरबहादुर देउवासँग मिलेर सरकार ढालेको आरोपसमेत लगाए ।
त्यसअघि सोमबारै बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका थिए । स्थायी कमिटी बैठकले एमालेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।