फागुनसम्म ५ करोड २२ लाख खोप आउने


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०७८
2.6K
SHARES

२७ साउन काठमाडौं । सरकारले आउँदो फागुनसम्म कोभिड–१९ विरुद्धको पाँच करोड २२ लाख डोज खोप ल्याउने जनाएको छ ।

असोजसम्म एक करोड दुई लाख र माघसम्म तीन करोड २३ लाख डोज खोप ल्याउने प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा बुधबार प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले फागुनसम्म उक्त मात्रामा खोप आइपुग्ने बताए ।

सरकारले यही अगस्टभित्र थप ६० लाख डोज भेरोसेल खोप ल्याउन चीनसँग ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरिसकेको छ । चीन सरकारले नेपाललाई अनुदानमा दिने भनिएको थप १६ लाख डोज खोप पनि अगस्टभित्रै आइपुग्ने बताइएको छ ।