अध्यक्ष ओलीका यी दुई रणनीति , एकता र चुनावको लागि यस्तो कदमा चाल्ने तयारी
२७ साउन काठमाडौ। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन सफल नभए पनि विपक्षी नेताका रुपमा चाहिँ निकै शक्तिशाली पात्र हुन् भन्ने मंगलबार प्रतिनिधिसभामा उनको सवा घण्टा लामो भाषणले फेरि एकचोटि पुष्टि गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि उभिएर एमाले अध्यक्ष ओलीले आफू कमजोर प्रतिपक्ष होइन भन्ने सावित गराएका छन् ।देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै ओलीले त्यसपछि फेरि चुनाव आउने चेतावनी दिए ।
विपक्षी दलका नेताको हैसियतमा संसदमा मन्तव्य दिन उभिएका ओलीले सत्तारुढ गठबन्धनले अघि सारेको साझा न्यूनतम कार्यक्रमको बुँदा–बुँदा केलाएर धज्जी उडाए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् ।
हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’ओलीको भनाइ छ । उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन् ।
उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए । ओलीले सरकार परिवर्तन भएपछि दसैँ आए जसरी उफ्रिएको टिप्पणी पनि गरेका छन् ।
‘तर सरकार परिवर्तन हुँदा गठबन्धनका नेताहरू दसैँ आए जसरी उफ्रनुभएको छ । एक महिनासम्म बधाई खाइरहनुभएको छ’, गठबन्धन सरकारप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘यो सरकारले केही नगरेको भन्दा पनि गरेको छ । सुकुम्वासी भूमिहीन आयोग विघटन गरेर घाँटी सेरेको छ ।
उनले वर्तमान सरकार परिवर्तनको विषय विकृत तरिकाबाट भएको भन्दै आफूमाथि प्रहार भइरहेको भन्दै आफू सुखी नेपाल, समृद्ध नेपालीको उद्देश्य बोकेर हिँडेको मान्छेलाई गाली गलौचले फरक नपार्ने बताए ।
होला त पार्टी एकता ?
विकसित राजनीतिक परिस्थितिअनुसार नेपाल पक्षले अब छिट्टै नयाँ कार्यक्रम तय गर्ने भएको छ। ७१ वटा जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको नेपाल पक्षले अब बाँकी जिल्लामा पनि समानान्तर कमिटी बनाउनेछ।
नेपाल पक्षले २०७७ चैत ४ र ५ गते ललितपुरको सानेपामा आफूपक्षीय कार्यकर्ता भेला राखेको थियो। नेपाल पक्षको सो भेलामा देशभरबाट चार हजार कार्यकर्ता उपस्थित भएका थिए। त्यसबाट हौसिएका नेता नेपालले पार्टीमा समानान्तर कमिटी बनाउँदै लगेका थिए।
ओलीले दोस्रो पटक जेठ ८ मा प्रतिनिधि सभा विघटन गर्नु अघिसम्म नेपाल पक्षको समानान्तर कमिटी बनेको थियो। भुसालका अनुसार केही दिनभित्र नयाँ कार्यक्रम सुरु हुनेछ।
‘हामीभित्र सामूहिक छलफल गरेर कसरी जाने बारेमा निर्णय लिन्छौँ, समानान्तर कमिटी निर्माण भइसकेका छन्,’ उनले भने, ‘बाँकीमा पनि बनाउँछौं, त्यसबाहेकका अन्य कार्यक्रम केही दिनभित्र सार्वजनिक गर्छौँ।’
नेपाल पक्षले फेरि राष्ट्रिय कार्यकर्ता भेला राख्ने तयारी गरेको छ।‘हाम्रा कुरा तलैसम्म लैजानका लागि पनि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना हुन्छ, अब स्थायी कमिटी बैठक बसेर मिति टुंगो लगाउँछौं, सायद हप्ता दस दिनभित्रमा हुन्छ होला,’ एक नेताले भने।