नेपाल पक्षका यी नेताले गरे कित्ता परिवर्तन


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
6.9K
SHARES

२८ साउन काठमाडौ। एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् ।

आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव पाएका नेता नेपाल अझै केही दिन पर्ख र हेरको अवस्थामा पुगेका हुन् ।

आफ्नो समूहको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म पहल जारी राख्ने निर्णय गरेको केही दिनमै ओली पक्षले एकपक्षीय बैठक राखेर महाधिवेशन केन्द्रित गतिविधि अघि बढाएपछि दोधारमा रहेका नेता नेपालले एकदुई नेताहरुसँग छुट्टाछुट्टै छलफल सकेर स्थायी समिति बैठकमार्फत निर्णय गर्ने तयारी गरेका छन् ।

दोस्रो तहका नेताहरु एकताकै पक्षमा रहेका र तेस्रो चौथो तहका नेताहरुले ओलीसँग मिल्न नसकिने सुझाव दिएको अवस्थामा नेपालले कस्तो निर्णय गर्ने हुन् भन्ने चासोको विषय बनेको छ ।

पछिल्लो अवस्थामा के गर्ने र कसरी अघि बढ्ने भन्नेमा निर्णय स्थायी समितिले गर्छ । त्यसका लागि एक दुई दिनमा बैठक बस्छ’ नेता मुकुन्द न्यौपानेले बताए ।

नेता नेपालले छुट्टै पार्टी गठनको तयारी सुरु गरे पनि नेपाल पक्षकै दोस्रो तहका नेताहरु भने ओली संग गोप्य छलफल र सम्बवाद गरिरहेको पाईएको छ।

आफ्नो समूह भित्र पनि पार्टी विभाजन गर्न नहुने तर्क र अडान राख्दै आएका नेताहरु यतिएला ओली समुहमा अवसर पाएको अवस्थामा नेपालको साथ् छोड्ने तयारीमा छन्।

योगेश भट्टराई, गोकर्ण बिष्ट, भिम रावल लगाएतका नेताहरुले पार्टी एकताको नाममा छलफल भने पनि ओली समुहमा आफ्नो स्पेस सुनिश्चित गर्न खोजेको ओली निकट श्रोतले जानकारी दिएको छ।

एकताको बारेमा यस्तो भन्छन नेपाल पक्षका नेता 

नेता नेपालले यस्तो संकेत गरे पनि सो समूहका नेता युवराज ज्ञवालीले पार्टी एकताको ढोका बन्द भैनसकेको दावी गरेका छन् ।अध्यक्ष ओली पक्षले एकतर्फी बैटक राखेर विधान संशोधन गर्ने र पार्टी संरचना नै फेरबदलको तयारी गरेपछि धेरैजसो माधव पक्षीय नेताहरुले एमाले एकता धरापमा परेको बताउँदै आएका बेला ज्ञवालीले यस्तो तर्क गरेका हुन् ।

गत सोमबार बसेको एमाले ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै अब माधव पक्षलाई कुरेर नबस्ने घोषणा गरेको थियो ।त्यस्तै एमाले ओली पक्षले आगामी महाधिवेसनका लागि पार्टीका तल्ला तहका अधिवेशन गर्ने जनाएको थियो ।

तर, नेता ज्ञवालीले आगामी महाधिवेशनसम्म एमालेको नवौं महाधिवेशनले पारित गरेको विधान नै लागु हुने भन्दै विधान संशोधन मस्यौदा बनाएकै भरमा एकताको ढोका बन्द भयो भन्न नसकिने तर्क गरे ।

‘प्रस्तावित विधान अहिले कार्यान्वयनमा छैन, अहिले कार्यान्वयनमा रहेको विधान भनेको नवौं महाधिवेशनबाट पारित भएको विधान नै हो’, ज्ञवालीले भने, ‘तैपनि उहाँहरुले एकतामा आशंका, अवरोध हुने गरी र एकतालाई नोक्सान हुनेगरी निर्णय गर्नुभएको छ । यद्यपि त्यो मस्यौदा हो, अन्तिम फैसला होइन ।’

यही कारणले केपी ओली पक्षले पार्टी एकता नचाहेको भनेर विश्लेषण गर्न सहज भएको ज्ञवालीको भनाइ छ । ‘जति आउने मन छ आऊ, नआउनेहरु नआएपनि हुन्छ भन्ने ढंगले बोलेपछि अन्तत पार्टी विभाजनमा जान्छ ।

यसले त पार्टी अल्टिमेट्ली पार्टी विभाजनमा जान्छ भनेर विश्लेषण गर्नुपनि स्वभाविक हो’, ज्ञवालीको भनाइ छ । तर, यसैका आधारमा एमाले एकताको ढोका नै बन्द भयो, च्याप्टर नै क्लोज भयो, एकताको प्रक्रिया नै सकियो भन्न नसकिने ज्ञवालीको भनाइ छ ।