लुम्बिनीका मुख्यमन्त्री र यी मन्त्रीहरूले लिए शपथ


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
8.6K
SHARES

२८ साउन काठमाडौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनबाट केसीले मुख्यमन्त्रीकाे पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसीलाई प्रदेश प्रमुख शेरचनले बिहीबार नै संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  उनी मा‍ओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाकाे गठबन्धनबाट मन्त्री बनेका हुन् ।

आजै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा कांग्रेसका तर्फबाट सहरी तथा ग्रामीण विकासमन्त्रीमा डिल्ली चौधरी, माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णध्वज खड्का,  जनता समाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधारमन्त्री सहसराज यादवले शपथ लिएका छन् ।

जसपाका पूर्मती ढेँगा र सुमन शर्माले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् । यसैगरी स्वतन्त्र सांसद अजय शाहीले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।