गौतमले जस्तो अपमान सहन्न, निरन्तर संघर्ष गर्छु – नेता नेपाल


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
3.8K
SHARES

३० साउन काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छ।

शनिबार काठमाडौंमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने बताएका हुन्।

नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन्।एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए।

आफू एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको नेता नेपालले बताए।