आज २,६२४ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ३० २०७८
3.8K
SHARES

काठमाडौं । नेपालमा थप दुई हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६२४ जनाको नतिजा पोजिटिभ आएको हो ।

आठ हजार ६६७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ९४७ र चार हजार ९०६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६७७ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३२० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।