एमाले विवाद : पार्टी फुट्को संघारमा पुग्दा यी दुई नेता आकस्मिक दिल्ली
३० साउन काठमाडौ । पार्टी विभाजनको संघारमा पुगेका बेला नेकपा एमालेका दुई नेता आकस्मिक दिल्ली पुगेका छन् । पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालबाट टाढा हुँदै केपी ओलीसँग नजिक देखिएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिव भीम आचार्य दिल्ली पुगेका छन् ।
एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् । मृगौला प्रत्यारोजन गरेपछि दिल्लीको अस्पतालमा रहेका वरिष्ठ नेता खनाललाई भेट्ने निहुँ बनाएर दिल्ली पुगेका हुन् । ‘कानुनीरुपमा केपी ओली नै एमालेको अध्यक्ष हुन्’ भन्ने अभिब्यक्ति दिएको दोस्रो दिन पाण्डे सचिव आचार्यलाई लिएर दिल्ली प्रस्थान गरेको उनी निकट स्रोतले बताएको छ ।
केपी ओलीसँग नजिक भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समुह विभाजन गर्न पाण्डे र आचार्य लागि परेका छन् । वरिष्ठ नेता नेपालबाट खनाललाई अलग गराउने र भारतीय खुविया एजेन्सी ‘र’का प्रतिनिधिसँग भेट गर्न दुई नेता दिल्ली पुगेको आँकलन चल्न थालेको छ । ‘र’ र भारतीय संस्थापनसँग नेता पाण्डेको राम्रो सम्बन्ध छ ।
खनाल दिल्ली उपचारमा जानुअघि यी दुई नेताले खनालका नाममा विज्ञप्ती जारी गरे । खनालले ‘अहिले विज्ञप्ती जारी नगरौ’ भन्दाभन्दै विज्ञप्ती जारी गरिएको थियो । पछि खनाल आफैले दिल्ली अस्पतालबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अपिल जारी गरेका थिए । पाण्डे र आचार्यको ओली मोहमा खनालले खरानी दलिदिएका थिए ।