उपत्यकामा कोरोना संक्रमण जोखिम बढ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
5K
SHARES

२ भदौ काठमाडौं । काठमाडौं उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच/छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् ।

मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ ।