अध्यक्ष प्रचण्ड अस्वस्थ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
9.6K
SHARES

४ भदौ काठमाडौ । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।

हिजो माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुश गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए । आज रुघा, खोकी, ज्वरो देखिएपछि परिक्षण गरिएको थियो । कोरोना भाइरस संक्रमको समेत परिक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ ।

परिक्षण गरेका चिकित्सिकले भाइरज ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन् । अध्यक्ष प्रचण्डले अस्वस्थताकै कारण आज माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग समेत भेटघाट गरेनन् । अहिलेका लागि सवै भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ ।