आज कोरोना संक्रमितबाट ३० जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
5.3K
SHARES

५ भदौ काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार ७५ जनाको परीक्षण गर्दा २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ३८२ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७०३ पीसीआर परीक्षण गर्दा १ हजार ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ३७१ परीक्षण गर्दा ६५१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ । हाल सक्रिय संक्रमित ३९ हजार ३२१ जना रहेका छन् ।