प्रचण्डको अवस्था सामान्य
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र ५ २०७८
4.5K
SHARES
५ भदौ काठमाडौं । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्त हुनुभएको छ । उहाँलाई रुघाखोकी र ज्वरो आएको छोरी गंगा दाहालले सार्वजनिक गर्नुभएको छ । प्रचण्डको पिसीआर टेष्ट पनि गरिएको छ । नतिजा नेगेटिभ आएको छ ।
प्रचण्ड केही दिन अघिदेखि अस्वस्थ हुनुहुन्छ । तीन दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू अस्वस्थ भएको बताउनुभएको थियो । माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीको पुस्तक विमोचन समारोहमा उपस्थित भएर प्रचण्डले आफू अस्वस्थ भएको, कार्यक्रममा आउन नचाहेको तर वामदेवले कर गरेर बोलाउनुभएको बताउनुभएको थियो ।
सो कार्यक्रममा बोल्दा प्रचण्डको रुघा लागेको स्वर प्रष्ट बुझिन्थ्यो । छोरी गंगा दाहालका अनुसार प्रचण्ड घरमै आराम गरेर बसिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट