कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक गौतम पदमुक्त


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
12K
SHARES

६ भदौ काठमाडौं । अहिले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई सरकारले पदमुक्त गरेको छ । गत बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ ।

प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण कोषको प्रमुख प्रशासकबाट हटाएको स्रोतको भनाइ छ ।