अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिईने


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
3.3K
SHARES

८ भदौ काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय गरेको छ ।

अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमार्फत जानकारी दिए ।

नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन उनले आग्रह गरेका छन् ।