सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव
१३ भदौ काठमाडौ ।सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ ।केहिदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमापुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ ।
नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामारहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।