आज जन्माष्टमी , कृष्ण मन्दिरमा भिड


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
15.8K
SHARES

१४ भदौ काठमाडौं । कृष्ण जन्माष्टमीको दिन आज कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो देखिन्छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाले गर्दा कतिपय मन्दिरहरू बन्द रहे पनि दर्शनार्थी मन्दिर परिसरमा पुग्ने गरेका छन् ।

काठमाडौंको हनुमानढोकास्थित कृष्ण मन्दिरमा पनि पूजा गर्न आउने भक्तजनको भिड लागेको छ । जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना भने गरिएको देखिएन ।

भगवान् कृष्ण जन्मेको दिनको रूपमा मनाइने यस दिनमा ससाना बालकहरूलाई कृष्णको वेशमा मन्दिर घुमाउन ल्याएको देखिन्छ । कृष्ण जन्माष्टमीको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।