काठमाडौको फोहोर भोलीदेखि उठाईने
१५ भदौ काठमाडौ । काठमाडौं उपत्यकामा केही दिन देखि अलपत्र परेका फोहोरलाई भोलीदेखि उठाईने भएको छ । भोली बिहान ६ बजे बाट नै फोहोर उठ्ने महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायको बैठकले यस्तो निर्णय गरेको हो।
महानगरका मेयर विद्या सुन्दर शाक्यले फोहोर लामो समय नउठ्दा प्रदुषण फैलने खतरा भएकाले फोहोर उठाउने निर्णय भएको बताए ।
सिसडोलमा फोहोर फाल्न अझै पनि चुनौती हुन सक्ने संभावना रहेकाले त्याहाँ आवस्यक परे बल प्रयोग गर्ने तयारी सरकारले गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको बताए ।