बस्नेतलाई दीपशिखाले दिए यस्तो चुनौती


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८
7.4K
SHARES

१९ भदौ काठमाडौ । आज वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् ।

वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् ।वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाको भनाइ थियो ।

वाईसीएल सहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय  र पुनः मुलुकको पहिलो सङ्गठन बनाइने दाबी गर्दै उनले महेश बस्नेतहरूलाई चुरीफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चेतावनी दिए । ” समाजको हर क्षेत्रका उत्कृष्टहरूलाई वाईसीएलमा ल्याइने भन्दै उनले अगाडी भने ” एउटा राम्रो खेलाडी, राम्रो कलाकार , उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाईसीएल बन्न लामो समय कुरेर क्रियाशील भइरहन जरुरी हुन्न। राष्ट्रको योगदान दिने हरेक व्यक्ति वाईसीएलको सदस्य हुने हक स्वतः राख्छ ।”