सामसङको नयाँ फोल्डएबल २ फोन नेपाली बजारमा, यस्तो छ फिचर


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
7.2K
SHARES

२० भदौ काठमाडौं । सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक भएको छ।

आइतबार आयोजना भएको कार्यक्रममा सामसङले यी दुई नयाँ फोन सार्वजनिक गरेको हो ।

नयाँ ग्यालेक्सी जेड फोल्ड–३ ५–जी’ मा प्रोडक्टिभिटि तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको डिस्प्ले, उत्कृष्ट कार्य क्षमता जस्ता सुविधाहरू रहेका छन् ।

ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ अरु भन्दा फरक देखिन चाहनेहरूका लागि सही छ । यसमा कलर विकल्पहरू, रिफान्ड फिनिस जस्ता विशेषताहरूले रहेको छ ।

ग्यालेक्सी जेड फोल्ड–३ ५–जी’ प्रोडक्टिभिटि तथा इन्टरटेनमेन्टको लागि अनलिमिटेड पावर हाउस नयाँ कार्य क्षमता प्रदर्शनको लागि, ७.६ इनचको इनफीनीटी फल्कीक्स डिप्ले एस पेन जस्तो सुविधा राखेर डिजायन गरिएको ।

ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ मा नयाँ विशेषता, आकर्षक तथा स्टाइलिस जस्ता मनमोहक सुविधाहरूले प्रयोगकर्तालाई अनुकूल स्मार्टफोनको अनुभव प्राप्त गर्न सकिने छ । ३ विभिन्न टे«न्डि कलरहरू क्रिम, ल्याभेन्डर तथा ब्ल्याकमा उपलब्ध यो फोन स्टाइलिस हुनुको साथै हातमा सहजै अटाउने तथा ग्रिप गर्न सहज हुने छ । यो फोन सेल्फ–एक्पेरियन्सको लागि उपयुक्त डिभाइस हो ।

आकर्षक प्रि-बुक अफरहरू

शुन्य प्रतिशतमै ईएमआई सुविधा

यी दुई फोनकोको प्रि बुकिङको लागि सामसङले शुन्य प्रतिशत ब्याजदरमा ईएमआई न्यूनतम १०,५०० मा उपलब्ध गरेको छ । यो ईएमआई सुविधा नबिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, मेगा बैंक, एनएमबी बैंक, कुमारी बैंक लिमिटेड, उपासना बहुद्देश्य सहकारी संस्था लिमिटेड र हुलास इन्भेष्मेन्ट बाट प्राप्त गर्न सकिन्छ ।

मूल्य

फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन तथा फ्यान्टम सिल्भरमा उपलब्ध भएको १२/२५६जीबी भेरिन्टको ग्यालेक्सी जेड फोल्ड–३ ५–जी’ को मूल्य २ लाख १९ हजार ९९९ तथा १२/५१२ जीबी भेरियन्टको मूल्य २ लाख २९ हजार ९९९ तोकिएको छ । साथै विभिन्न आकर्षक तीन ट्रेन्डि कलरहरू क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध ८/२५६ जीबी भेरियन्टको ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ को मूल्य १ लाख २४ हजार ९९९ तोकिएको छ ।