देउवा सरकार केही दिनको पाहुना – अध्यक्ष ओली
२१ भदौ काठमाडौ । आज प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनका लागि पाहुना मात्र भएको भन्दै १५ महिना पछि खोजेर पनि नभेटिने अवस्थामा यो सरकार पुग्ने दाबी गरेका छन् । युवा संघको कार्यकर्ता भेलालाई संवोधन गर्दै ओलीले सरकार घरको बाघ र बनको स्याल भएको पनि टिप्पणी गरे ।
उनले बोल्न पाईदैन भनेर नागरिकमाथि दमन गर्न खोजेको भन्दै सत्ता दमनकारी हुन नहुने बताए । अब चुनाव आउदै गर्दा अरु पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भन्दै गठबन्धनले एमालेलाई एक्ल्याउन नसक्ने पनि ओलीले ठोकुवा गरे ।