एमसीसी पास गरे कडा प्रतिकार गर्छौ – तीन विद्यार्थी संगठन


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
4.6K
SHARES

२१ भदौ काठमाडौं ।नेपाल सरकारले अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी)लाई पास गर्ने तयारी गरेको भन्दै तीन विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

आज अखिल क्रान्तिकारी,  माधव नेपाल निकट अनेरास्ववियु र अखिल छैटाैँले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबर्जस्ती तवरबाट एमसीसी पास गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन् ।

“अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ । जोर जबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।