सभामुखलाई अध्यक्ष ओलीले दिए यस्तो संज्ञा


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
4.6K
SHARES

२१ भदौ काठमाडौं । आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार युवा संघको कार्यक्रममा उनले आगामी संसद्को बैठकमा सभामुखमाथि प्रश्न गरिने बताए ।

“पर्सि संसद् सुरु हुँदैछ । हामीले सोध्नै पर्ने हुन्छ सभामुखलाई, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता ? गठबन्धनको मतियार हो कि एमालेविरुद्धको साँटगाटकर्ता ? जालीझेली काम गर्ने एउटा मोहोरा हो कि ? के हो सभामुख भन्या ?,” उनले प्रश्च गरे ।उनले सभामुखलाई प्रमुख प्रतिपक्षी फुटाउन षड्यन्त्रको हिस्सेदार र षड्यन्त्रको अङ्ग भएको आरोप पनि लगाए ।

“अग्निप्रसाद सापकोटा सभामुख हो कि ? गठबन्धनको प्यादा हो ? एमाले विरुद्धक षड्यन्त्र गर्ने अखडा हो ? हामीले सोध्नैपर्ने हुन्छ,” उनले भने ।  कार्यक्रममा ओलीले पार्टी छाडेकाहरूले सरकार बनाउन नसक्ने दाबी पनि गरे ।

“पार्टी छोडेका लोभीपापीहरू अब सरकार बनाउन सक्दैनन् । छलि काम गरेर ल्याएको २० प्रतिशतको अध्यादेश टुंग्याइदिने रे !, ” ओलीले भने ।

उनले जालझेल गरेर राति १२ बजे अध्यादेश ल्याएको पनि बताए । उनले निर्वाचन आयोगमा सेटिङ गरेर अध्यादेश नल्याउँदै नियमावली संशोधन थालेको पनि आरोप लगाए ।