नेपालले भारतलाई यस्तो कूटनीतिक नोट पठायो


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
5.6K
SHARES

२२ भदौ काठमाडौं । दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । दार्चुला तुइन प्रकरणमा छानविन समितिले घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता देखिएको प्रतिवेदन बुझाएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको परराष्ट्र स्रोतले जनाएको छ ।

छानविन समितिले प्रतिवेदन दिएको एक सातापछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो । तुइन प्रकरणको सत्य–तथ्य पत्ता गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा साउन १७ गते छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले भदौ १५ गते प्रतिवेदन बुझाएको थियो ।

साउन १५ गते महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । तुइन तर्दै गर्दा एसएएबीले तुइनको लठ्ठा काटिदिएको बताइएको छ ।