कांग्रेस संसदीय दलको बैठक बस्दै , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २२ २०७८
9.4K
SHARES
२२ भदौ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशनको आव्हान गरेकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट